Wednesday, February 20, 2008

स्वप्निल क्षण !

"तीर्थ श्रेष्ठ"
कहाँ लग्यो कसले लग्यो मेरो बालापनलाई
निर्दोष मेरो मुहार र निस्छल मेरो मनलाई
अंजूलीमा उबाएर कसैले पो पियो कि
आँखा खोल्दा हटाउने सपना पो थियो कि
मेरो मनको आकासमा मेरै मनको जून
मेरै तनको मुरलीमा मेरै पनको धून
दिन पनि ओढी आउँथ्यो इन्द्रेणीको वर्को
त्यस्तो दिन जस्तो दिन कहाँ हुन्थ्यो अर्को
धागो चुंडी आकासमा हराएको चङ्गा जस्तो
वर्षे भेलमा बगिगाको कागजको डुङ्गा जस्तो
फर्काएर फर्किंदैन भन्छन् त्यो वालापन
कहाँ खोजुँ लौ न भन आनन्दको त्यस्तो
क्षण
"रचना बाट"

No comments: