Wednesday, February 20, 2008

स्वप्निल क्षण !

"तीर्थ श्रेष्ठ"
कहाँ लग्यो कसले लग्यो मेरो बालापनलाई
निर्दोष मेरो मुहार र निस्छल मेरो मनलाई
अंजूलीमा उबाएर कसैले पो पियो कि
आँखा खोल्दा हटाउने सपना पो थियो कि
मेरो मनको आकासमा मेरै मनको जून
मेरै तनको मुरलीमा मेरै पनको धून
दिन पनि ओढी आउँथ्यो इन्द्रेणीको वर्को
त्यस्तो दिन जस्तो दिन कहाँ हुन्थ्यो अर्को
धागो चुंडी आकासमा हराएको चङ्गा जस्तो
वर्षे भेलमा बगिगाको कागजको डुङ्गा जस्तो
फर्काएर फर्किंदैन भन्छन् त्यो वालापन
कहाँ खोजुँ लौ न भन आनन्दको त्यस्तो
क्षण
"रचना बाट"

सपनाको महल - सबिना सिन्धु

प्रेमी शहरको न्यानो आलिङ्गनमानिथु्रक्क भिजाएर आफुलाईयौवनका मुस्कुराहट साटिरहेकी छ्यौ ।खेती गरिरहेकी छ्यौ आफ्ना कथाहरुको ।मेरी लोरिमा !आगो बाँचेर पानी निल्नेसमयका निर्लिप्त ओठहरुसँगैछातीमा क्षितिज अटाएरअघ्रिरहेकी छ्यौ स्वर्णर्ीम धड्कनहरुमा ।महल ठड्याएर बेचिरहेकी छ्यौमध्यदिनका सपनाहरुलाईटेबुलभरी पसारिएका अनियन्त्रितआँखाहरु बीचसागर छिचोलेर परेलाहरुबाटबालुवाका शहरहरु ओसारिरहेकी छयौ ।हराइरहेकी छ्यौ वर्षतका भेलहरुमानबुझिने इतिहास कोरिरहेकी छ्यौअँध्येरी रातमा ।सपनाहरु कमजोर हुन्छन् लोरिमा !भावनाका फूलहरु, फूल होइनन्सपनाका बघैंचाहरु , महल होइनन् ।स्वच्छन्द उभिनु स्वतन्त्रता होइन ।उभ्याइएका स्तम्भहरु , ताजमहल होइनन् ।फिँजाएर तन्नेरी छालहरुकेबल गुन्गुनाइरहेकी छ्यौप्रेमका सुमधुर गीतकतै नबज्रियोस् पहाड तिमी माथिनभाँच्चियोस् तिमीले चढ्न चाहेको सिँढीनभत्कियोस् त्रि्रो सपनाको ताजमहलर चोट नलागोस्,लम्कन चाहाने गोडाहरुमा ।

उत्कृष्ट मुक्तकहरु

भीमदर्शन रोका
१।रात केवल एक प्रहर बाँकी छतिन प्रहरको अन्तिम असर बाँकी छपश्चिममा पुगेकी एक्ली चाँदनीलाईकेवल यौटा मेरै भर बाँकी कैयौँले यहाँ रातको गीत थालेथेआफ्ना-आफ्ना ताराहरू बालेथेतर को रह्यो र अब यहाँतिमी छौ म छु र हाम्रो रहर बाँकी छ

२। आकाशको सब तारा गनिसकेपछिप्रत्येक श्वास सुस्केरा बनिसकेपछिके रह्यो अब मेरो मसँग प्रियतम ?तिमीलाई आफ्नो भनिसकेपछि ।
हरिभक्त कटुवाल
कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तोकतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तोयस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन-अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो ।
भूपी शेरचन

मैले पिएकोमा रिसाएका साथीहरूपिएर त हेर, पिउँन झन गाह्रो छमरेर शहीद हुनेहरूजिएर त हेर, जिउँन झन गाह्रो छ ।
विकास गोतामे
उसलाई त मैले चिनकै छैनउसले त मलाई चिन्छे रेमेरो मायाको दाम सोद्धै थिईसस्तोमा पाए किन्छे रे
माधव सापकोटा
बासी बासी के बासीमासु बासी कि काँसी बासीबाबुको नाममा पचहत्तर बिघाछोरो सुकुम्बासी
नगेन्द्रराज शर्मा

जब यौवन यौवन यहाँ आँखी छआँखा आँखामा आमन्त्रणको झाँकी छकिन चासो कि, कहाँ बिताएँ रात मैले ?यही काफी छ कि ममा बैंश अझै बाँकी छ ।
मनु ब्राजाकी

जति धेरै आफुलाई केलाउँछन्त्यति धेरै तिमीलाई खेलाउँछन्मरेपछि स्वर्ग जाने ढल जस्तो-बागमतिमा आफूलाई सेलाउँछन् ।
उषा शेरचन

पाखा पखेरामा बसुँ भने पहिरो जाला कि भन्ने डरखोलाको छेउमा बसुँ भने बाढी आउला कि भन्ने डरजताततै असुरक्षित देख्छु जिन्दगी म अचेल –मान्छेको हुलमा बसुँ भने मान्छेले नै खाला कि भन्ने डर ।
कपिल अज्ञात
स्वस्थानी उही हो यहाँ खालि गाता फेरिन्छप्रवृत्ति उही हो यहाँ खाली नाता फेरिन्छरमाउँ कसरी परिवर्तनको खुशीले म ?मान्छे उनै हुन् यहाँ खाली छाता फेरिन्छ ।
गोविन्द गिरी प्रेरणा
पहाडले झैँ जिन्दगी जिउन पाए पनि हुन्थ्योसागरले नदी पिए झैँ पिउन पाए पनि हुन्थ्योफाटेर मन प्वालैप्वाल भइसक्यो –यसपालीको बसन्तमा त सिउन पाए पनि हुन्थ्यो

"नेपाली कबिता बाट "

युद्ध हेर्दछ

रेणुका भट्टराई अशान्तको शङ्खनाद हुँदा अत्याचारको सीमा बढ्दाअन्यायको झोली भरिँदा सबै-सबै युग हेरिरहन्छ । मानवताको विनास मान्छेको अन्त्य पृथ्वीको समाप्तीमा पनि युग हेरिरहन्छ । कोही बोल्दैन वंशनास हुँदैमानव सभ्यता नष्ट हुँदा आस्थाका प्रतिमर्ूर्ति पनि टोलाइदिन्छन् लोलाइदिन्छन्केवल युग हेरिरहन्छ । "नेपाली कबिता बाट "

फूल जस्तो पनि हुन सक्छ

सुन्दर मधिकर्मि
फूलठूलो सानो जस्तो पनि हुनसक्छमलाई त त्यही मनपर्छजसमा एउटा आकाश ढकमक्क फुलिरहेको हुन्छमलाई मनपर्ने केशरी हुन्छ ।
फूलको मापनत्यसको आकारमा होइनत्यसको सुवासमा हुन्छत्यसको सौर्न्दर्यमा हुन्छसुवास जब उसले ममा फैलाउ“छम स्वयम एउटा फूल भएर फुल्छुसौर्न्दर्यले एउटा क्षितिज दिन्छ मलाईमैले पर्खेको त्यही समय होमेरो ध्येय भनेकैत्यसलाई टिप्नु होमाला गा“सेर त्यसलाईजीवनमा लगाउनु हो । फूल -आ“खाको फा“टबाट जति टाढा होस्मलाई थाहा छत्यसको जलतरङ्गी परेवामेरो आकाशमा उडिरहेको छत्यसको जूनमेरो सागरमा लहराइरहेको छ । हो, फूलसबै उस्तै खालको भए हुन्थ्योहो फूल ठूलो होस्तर त्यही त्यसको निश्चित सा“चो भने होइनत्यसको मापनबान्कीबाट होइनत्यसको पवित्रबाट हुन्छत्यसको उम्दापनबाट हुन्छ । फूल -ठूलो सानो जस्तो पनि हुनसक्छमलाई त त्यही मनपर्छजसमा आकाश मगमगाइरहेको हुन्छमलाई मनपर्ने केशरी हुन्छ ।

"नेपाली कबिता बाट "

यादको चौतारी

Aneeta
मेरो उपस्थितिले बोझिलो बनेको तिम्रो समय, तिम्रा अमूल्य ती क्षणहरूसँग क्षमा माग्दै छु मेरो आवाजले टुटेको तिम्रो एकाग्रता जोड्न कुनै धागो छैन मसँग तिम्रो मस्तिष्कमा छाएको हलचल साम्य पार्न कुनै कालीको रुप छैन मभित्र मेरो छायाले कालो बनेको तिम्रो आँगन चोख्याउन गोमय र गहुँत छैन मेरो छेउ रित्तो भण्डारमा ब्रम्हाण्ड पाउनेमेरो सपना साकार पार्न तिम्रो सामीप्य र न्यानो अँगालो खोजिरहेका मेरा यो चाहनालाई पूर्णता दिन तिम्रो अनुपस्थितिमा यो शून्यतासँग सापट मागेको समयमा हावाभरि तिमीलाई पाइरहेछु ।

यात्रा

रमेश कर्की

माथी आकाशमा हवाईजहाज
घननन जमीन थर्काउँछ
तल डाँडोमा भरिया दाई
चिटचिट पसिना चुहाउँछ

हत्केलाले घाम छेल्दै
भरिया दाई सुस्ताउँछ
आम्मै कस्तरी कुदेको
भन्दै माथी चियाउँछ

गाउँका साना भाराभुरे
चिलगढी भन्दै कराउँछन्
चकमक झिकी भरिया दाई
ठूटो बिडी सल्काउँछन्

हवाईजहाजको यात्रा हो
देशबिदेश डुल्नु छ
भरिया दाईको यात्राले
नून तेल खेप्नु छ

यि दुईको यात्रा बिच
आकाश पाताल फरक छ
आखिर दुबैको यात्रा हो
कहिन कहि पुग्नु छ ।।

आकाशको जुन नसकी छुन रोकीयो सपना

रेनुका भात्त
आकाशको जुन नसकी छुन रोकीयो सपना अञ्जुळीबाट भुँईमा झर्यो पोखियो सपनाआफन्त भन्नु सपना मात्रै उदास साँझमाअँध्यारोमाथि अँध्यारो छायो छोपियो सपनापर्खेर बसें बिपनी पक्कै आउँछ भनेर आफ्नै छाँयाले छोडेर गयो जोगियो सपनाआकाश रित्तो धरती खाली नहुँदा क्यै पनिसपना भित्रै म सोच्न थाल्छु हो कि यो सपनाआँखामा प्यारो सपना राख्थे हरायो त्यै पनिआँशुका धारा खसेर आज खोसियो सपना

"तन्नेरी बाट कपी गरियको "

Tuesday, February 19, 2008

गजल



म बैह्रो र लाटो बनी चूप लागेँम ढुङ्गा र माटो बनी चूप लागेँ
भयो घाउ सन्चो भनेरै नबोलीम टाटो र खाटो बनी चूप लागेँ
कतै भोकले ज्यान लेला नि भन्दैम पीठो र आटो बनी चूप लागेँ
म थाकेर यात्रा नबढ्ने हुनालेसधैँ ब्यस्त बाटो बनी चूप लागेँ
भए लाजले ती त कालो र नीलोम रातो न रातो बनी चूप लागेँ
सबै यामले नै सिकाएर आजम चीसो र तातो बनी चूप लागेँ ।

गजल



निष्ठुरी रातको फर्किने त्राश छ
वेदनाको झरी दर्किने त्राश छ

प्यास उन्मुक्तिको मेट्न प्याला लियौँ
जे पियौँ पेय त्यै सर्किने त्राश छ

फेरियो हात बानी त उस्तै अझै
स्वप्न हाम्रा सबै चर्किने त्राश छ

छैन पूरै निभेको यहाँ अग्नि त्यो
तेल कोही लुकी छर्किने त्राश छ

चेतनाको दियो बाल्न थालौँ छिटो
नत्र हाम्रा गला मर्किने त्राश छ ।




सारङ्गी र मादलसँगै टुङ्गना-ढोलक बजाउँछुमारुनी र देउडाको तालमा आऊ नचाउँछु
जाडो भए दौरा माथि बख्खु पनि भिर्छु म त !गर्मीमा चैँ कुर्ता अनि पाइजामा लगाउँछु
जात्रा-मेला-पर्वहरू आपसी प्रेम बढाउँछन्छठ-लोसार-इद-क्रिसमस-दशैँ-तिहार मनाउँछु
मानवता हो ठूलो धर्म भन्ने तथ्य बुझाउँनत्रिपिटक-गीता-बाइबल-कुरान पनि पढाउँछु
मेची देखि कालीसम्म फैलिएको मुटु मेरोहिमाल-पहाड‍-तराईलाई ढुकढुकीमा बसाउँछु

माटोको मुटु खोतलेर हेर


माटोको मुटु खोतलेर हेर, ढुक्ढुकीको विश्वास हुँ मजति कुल्चे' नि उम्रिरहन्छु, यै माटोको घाँस हुँ मपवनको प्वाँख उक्लेर डुल्ने, बादल त बस्छ पल दर्ुइ पल,आ"नै भरमा फैलिनुपर्ने, मुक्त र नित्य आकाश हुँ मआमाको आँसु देखेर रोएँ, यो नै थियो अपराध साथी,सहिदहरूको रगतभित्र सुक्दै नसुक्ने आश हुँ मत्रि्रो बगैंचामा पाइएन ठाउँ, सिँगार्न खोज्दा उखेली फाल्यौं,भिर र पाखामा फुलिरहन्छु, नेपालको लालीगुराँस हुँ मढुङ्गा थियौ तर द्यौता ठानेँ, ठानेर मर्ुख खित्का छोड्यौँ,पूजाको थाल हातमा लिई, मन्दिर अगाडि उदास हुँ म ।

एक्कासी !


औषधीले झैं चह-यायो खाक घस्दा एक्कासी !जोगीको आभास भयो जिन्दगी फस्दा एक्कासी !उडी केल्लाई छोवोस् आकाशिदो उद्देश्यले ?उचाईमा टांगिएको चन्द्रमा खस्दा एक्कासी !मन्द बिख दिनदिनै पिई मात्नेलाई पनि,असर नसामै प-यो, सर्पले डस्दा एक्कासी !गधाको भारी पनि आफ्नै पिठ्यूमा लादे जस्तो,उठ्नै गारो भयो, थकाई मार्न बस्दा एक्कासी !भाग्दा भाग्दै भ-याङ्ग भेट्न भ्याउदै भ्याईएन,झ्याल र ढोकाबाट नै अध्यारो पस्दा एक्कासी !


जिन्दगी अविरल बगिरहेछ


मैले नसोचेका दिनहरू अनि नभोगेका व्याथाहरू आइरहेछन् विपत्ति बनेर अग्निपरीक्षा भएर मेरा दिनहरूखण्डग्रासबाट, खग्रास बन्दै आइरहेछन् रात अनिदो छ अनि दिन अन्धकारमानौं जीवन नै एक यातनाकक्ष बनिरहेछसारथी चेपाइको बोझ बोकेको बग्गीमा चढी लगाम खैंचिरहेको छ,दुःखको अनन्त यात्रामा चम्किरहेको छ, विसौनी आगमनको प्रतिक्षामा नुनिला पसिनाका थोपाहरू प्यास मेटाउन पानी भइदिएको छअसरल्ल छन् चाहनाहरू बटुलिरहेछु मनका झोलीहरूमायातनाको कालमा पेलिएको निबुवा झैं यो जिन्दगी अविरल बगिरहेछ छटपटि र अशान्तिले भरिएका गाउँ बस्तीका बोलीहरूमा ।