Wednesday, February 20, 2008

उत्कृष्ट मुक्तकहरु

भीमदर्शन रोका
१।रात केवल एक प्रहर बाँकी छतिन प्रहरको अन्तिम असर बाँकी छपश्चिममा पुगेकी एक्ली चाँदनीलाईकेवल यौटा मेरै भर बाँकी कैयौँले यहाँ रातको गीत थालेथेआफ्ना-आफ्ना ताराहरू बालेथेतर को रह्यो र अब यहाँतिमी छौ म छु र हाम्रो रहर बाँकी छ

२। आकाशको सब तारा गनिसकेपछिप्रत्येक श्वास सुस्केरा बनिसकेपछिके रह्यो अब मेरो मसँग प्रियतम ?तिमीलाई आफ्नो भनिसकेपछि ।
हरिभक्त कटुवाल
कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तोकतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तोयस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन-अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो ।
भूपी शेरचन

मैले पिएकोमा रिसाएका साथीहरूपिएर त हेर, पिउँन झन गाह्रो छमरेर शहीद हुनेहरूजिएर त हेर, जिउँन झन गाह्रो छ ।
विकास गोतामे
उसलाई त मैले चिनकै छैनउसले त मलाई चिन्छे रेमेरो मायाको दाम सोद्धै थिईसस्तोमा पाए किन्छे रे
माधव सापकोटा
बासी बासी के बासीमासु बासी कि काँसी बासीबाबुको नाममा पचहत्तर बिघाछोरो सुकुम्बासी
नगेन्द्रराज शर्मा

जब यौवन यौवन यहाँ आँखी छआँखा आँखामा आमन्त्रणको झाँकी छकिन चासो कि, कहाँ बिताएँ रात मैले ?यही काफी छ कि ममा बैंश अझै बाँकी छ ।
मनु ब्राजाकी

जति धेरै आफुलाई केलाउँछन्त्यति धेरै तिमीलाई खेलाउँछन्मरेपछि स्वर्ग जाने ढल जस्तो-बागमतिमा आफूलाई सेलाउँछन् ।
उषा शेरचन

पाखा पखेरामा बसुँ भने पहिरो जाला कि भन्ने डरखोलाको छेउमा बसुँ भने बाढी आउला कि भन्ने डरजताततै असुरक्षित देख्छु जिन्दगी म अचेल –मान्छेको हुलमा बसुँ भने मान्छेले नै खाला कि भन्ने डर ।
कपिल अज्ञात
स्वस्थानी उही हो यहाँ खालि गाता फेरिन्छप्रवृत्ति उही हो यहाँ खाली नाता फेरिन्छरमाउँ कसरी परिवर्तनको खुशीले म ?मान्छे उनै हुन् यहाँ खाली छाता फेरिन्छ ।
गोविन्द गिरी प्रेरणा
पहाडले झैँ जिन्दगी जिउन पाए पनि हुन्थ्योसागरले नदी पिए झैँ पिउन पाए पनि हुन्थ्योफाटेर मन प्वालैप्वाल भइसक्यो –यसपालीको बसन्तमा त सिउन पाए पनि हुन्थ्यो

"नेपाली कबिता बाट "

No comments: