Tuesday, March 3, 2009

थोरै थोरै भएपनि


थोरै थोरै भएपनि, तिमी त पिएर भुलौला
म के गरूँ, तिमी बेहोसीमा जिएर भुलौला

ह्जारौ हजार बिकल्प छन् तिम्रा अघि त
कि च्यातिएको मुटु,प्यालाले सिँएर भुलौला

ओठ हाँसे त के भो, मन त रोएकै छ साथी
बरु तस्विर मिलनको तिमी, लिएर भुलौला

हाँस्ने बाँच्ने बाचाहरू, खै पर पर उडिगए
सक्छौ तिमी त बाचा अन्तै, दिएर भुलौला

परिस्थितिका प्रहार गाह्रो छ खेप्न हेर मलाई
म तड्पिदै आधारातमा रुँदै, ब्युतिएर भुलौला

Friday, February 20, 2009

आचार्य प्रभा


तिम्रो बाचा यस्तो रैछ खहरेको भेल जस्तो
लाग्न थाल्यो यस्तो पनि तासको खेल जस्तो ।
तिम्रो बन्धन,तिम्रो माया शंकाको घर बन्यो
बाहुपासमा के आएथेँ यस्तो मानेँ ,जेल जस्तो ।
नानाथरी बुट्टा हाल्दै,मायाको साईनो गाँस्यौ
यथार्थमा आइपुग्दा ,लाग्न थाल्यो झेल जस्तो ।
बांधीदियौ बन्धनमा, फुकाउन गार्हो भयो
समाजको रीती नै मान्न थालेँ नेल जस्तो ।

Sunday, February 15, 2009

गल्ती थिएन मेरो ।


गल्ती थिएन मेरो दोष तिमीलाई लागौनुसोच्नु

त यौटा आभाष थियो ।मेरो सोचाईलाई दोषि
ठान्नुत्यो त तिम्रै सोचाईको दोष थियो ।
कतै मन दुख्यो भने मेरो
भनाईलेएउटा भूल सम्झी मलाई माफ
दिनुनबुझे त्यतीले तिम्रो चित्त भनेसयौं
जूनीको मलाई श्राप दिनु ।कोमल मन
बुझाउंदै हरपल आंशुको घुट्को म पिउंलादुखेको
यो मुटु रुवाउंदै हरक्षणएक्लै एक्लै म जिउंला ।

"साबु गदाल कार्की "