Saturday, July 5, 2008

सत्यलाई पनि साक्षी चाहिएको छ

चंकी श्रेष्ठ
अब सत्यलाई सत्य सावित हुन साक्षी चाहिएको छघामलाई घाम हुनजूनलाई जून हुनआकाशलाई आकाश हुन साक्षी चाहिएको छ।यद्यपि दूर क्षितिजबाट ओर्लिएको घामको उज्यालोसँगैजिन्दगीको शाश्वत सत्यको खोजीमा हिँडिरहेका छन् मानिसहरूतर, सत्य र उज्यालोकै अस्तित्वमा प्रश्न पनि उठाइरहेका छन्अब कविताले मात्रकविलाई कवि सावित गर्न सक्दैनअब कविलाई कवि हुनगायकलाई गायक हुनर, मान्छेलाई मान्छे हुन पनि साक्षी नै चाहिएको छ।यद्यपि साक्षीले धेरैपल्ट फेरिदिएको छ सत्यको परिभाषासाक्षीले धेरैपल्ट फेरिदिएको छ सत्यको रङ साक्षीकै कारण धेरैपल्ट बन्दी भएको छ सत्यअब सत्य नै साक्षीको खल्तीको रूमाल भएको छ।

जीवनको अँध्यारो

सडकमाजीवनको अँध्यारो सडकमासफलतासाइकलको डाइनमोबाट बल्ने बत्तीझैं लाग्छकि जबसम्मगतिको पैडिलमाथिमेरो खुट्टा चलिरहन्छमेरो पथमा यो बत्ती बलिरहन्छतर जसरी नै म थाक्छुर मेरो खुट्टा रूक्छअन्धकार मेरो अगाडि आएर भुक्छ। जाग जाग अब जाग न जागलाग उन्नती बिशे अब लागघोर निद्रा अब ता परित्यागभो भयोअति सुत्यौअब जाग!!

मैनबत्तीको शिखा

शुभ्र, शान्त र स्निग्धशिखा मैनबत्तीको मानौं,प्रथम रजस्वलापछिस्नान गरेरशारदीय घाममाआफ्नो कौमार्य छरेरथकित–थकित झैंचकित–चकित झैंएक्लै–एक्लै मुस्काइरहेकोअनुहार हो यो कुनैसुन्दरी नवयुवतीको
शुभ्र, शान्त, स्निग्धशिखा मैनबत्तीकोआँखाभरि वेदनाको पानीतर, हर्षले हाँसिरहेछ आँखाको नानीमानौं, अप्रेशनपछिहोशमा आएरघोर पीडामा पनिशिर अलिक उठाएरनवजात शिशुलाई नियालिरहेकोसन्तुष्ट आँखा हो योकुनै पुत्रवतीकोशुभ्र, शान्त र स्निग्धशिखा मैनबत्तीको एकातिर धप्प–धप्पबलिरहेछ अनुहारअर्कातिर तप्प–तप्पढलिरहेछ अश्रुधार।मानौं यो कुनै विधवाकोत्यो क्षणको अनुहार होजब कि उसलाई आएछ यादएकसाथसुहागरात र स्वर्गीय पतिको
शुभ्र, शान्त र स्निग्धशिखा मैनबतीको ।
"Name : Bhupi Serchan"

डिजिटल प्रेम

"Miwaj Malin"
म निरुद्देश्य घुम्दै थिएँइन्टरनेटमाअचानक तिमीसँग भेट भयोयसरी फक्रियो रातो गुलाफ !त्यसपछि हामी घण्टौँ हराउन थाल्यौँभावनाका प्यारामोति चुम्न इन्टरनेटमा
कति निडर हामीहाम्रो सोचाइको क्षितिजकति विराटसमाजले युगौँदेखिठड्याइराखेका सबै पर्खालभत्कायौँ हामीलेतर्कका बाँडहरूलेअनि, सिर्जियौँहाम्रो निजी सगरमाथाप्रेमको !
जीवनमा हरियाली छायोघण्टौँ साटासाट गरेकाप्रेम-पुष्पहरूभ्यवाइस च्याटमा झङ्क्रिततिम्रो स्वरको जादुआहा, जीवन साँच्चै हरियाली छायो !
भौतिक भेटघाटमहत्वपूर्ण थिएनहाम्रो आत्मा एक थियोसिङ्गै जीवन शेष थियो
तिमी कहाँ बस्छ्यौके गर्छ्यौके मतलबमेरो घरमेरो परिवारमेरो संसारतिम्रालागि पनिमहत्वहीन विषय
एक सुन्दर भविष्यको कल्पना गर्दैहरेक दिन हामी गफिन्थ्यौँ अनि, चुम्ने गर्थ्यौँभावनाका सुन्दर मोति इन्टरनेटमा !
इन्टरनेट बाहिर पनि एउटा संसार थियोहामी बाहेक पनिमान्छे थिएतर तिनीहरू बीच हाम्रो जस्तो प्रेम थिएनएक-अर्काकालागिजीवन शिरोपरगर्न सक्नेउत्प्रेरणा थिएनन त थियोसमर्पण र वलिदानकाप्यारा मोति चुम्ने क्षमता नै !
आगो बल्योत्यो आगोमाजल्यो इन्टरनेटम छटपटाएँतिमी पनि तड्पियौ
आगो निभेपछिजव कम्युटरको छातीमाइन्टरनेटको धुकधुकीपुन: चलमलाउन थाल्योहामीले विगतमा गरेकोभौतिकरूपमा नभेट्ने गल्तिनदोहोर्याउने भयौँ
नयाँ सडककोपुरानो गेटमाहामीले भेट गर्यौँमैले प्रेमपूर्वक हात बढाएँतिमी अलि लजायौहामी अघि बढ्यौँगफिँदैभावनाको सुन्दर मोतिचुम्ने आशमा !
अचम्मतिमी त इन्टरनेटमा भेटिएकी'तिमी' भन्दा फरक रहिछ्यौसायद मलाई पनिइन्टरनेटको 'म' भन्दाबेग्लै पायौ होला
अनि, हामीलेपछिल्लो पटक गरेकोभौतिक भेटको निर्णयलाईबदर गर्यौँर, पुन: चुम्न थाल्यौँभावनाका सुन्दर मोतिइन्टरनेटमा ।

धन्यवाद भन्न आउनेछु

Name : Bimala Tiwari 'Bibhor'
धन्यवाद भन्न आउनेछुआज होइन म भोलि आउनेछु
बिस्तारै-बिस्तारै बाटोमा हिँड्दैपल-पल तिम्रो हात समातेरनसा-नसामा तिमीलाई भरेरकण-कणमा तिमीलाई समेटेरपूर्ण समर्पणको भाव हृदयमा धरेरतिमीलाई म भेट्न आउनेछुधन्यवाद भन्न आउनेछु
तिमीलाई सम्झिएको छु मैलेघडी-घडी स्मरण गरेको छु मैलेतिम्रो परिक्रमा गरेको छुरोई-रोई पात्र भरेको छु मैलेअर्घ्य दान गर्न आउनेछुआज होइन म भोलि आउनेछु

पुरानो शहरकोपुराना स्मारकहरु

पुरानो शहरकोपुराना स्मारकहरु बिचएउटा पुरानो चोकअघिल्तीरउभिएको छु, म।
प्रत्येक दिन जसोजात्रामात्रा र भोजभतेर हुनेयो शहरमाआज नयाँ जात्रा चलिरहेछर भिडमा देखिरहेछुकैकेई र शकुनीहरुत्यसैलेअल्मलीएको छु म। छेउको रमितेले भनेकोमान्छेको मुखुण्डो फेर्नेजात्रा रे यो साँझसम्मसक्कली अनुहार हेर्ने लालशामाजात्रा हेरिरहेको म थाकेको छु यो कस्तो जात्रा?एउटै मान्छेसंगकति धेरै मुखुन्डोहरु! निकै अबेरथाहा पाँए,जात्राका हरेक पात्रयो ठूलो भिड रमितेकोप्रत्यके जात्रालुसब मुखुण्डोको आवरणमा! आजित छु मत्यसैलेभागेको छु, भिड देखियतै कतैएकान्तमाकिनकी मसंगमुखुण्डो छैन।

जानेहरू

तिमीजानेहरू !कहिल्यै रोकिनेछैनौयो, तिमीहरूको नियतिजानु... गइरहनु...दिन, हप्ता भएर जान्छहप्ता, महिना भएर जान्छमहिना, वर्ष भएर जान्छउही एउटै समयकाएक्लो समयका यी धेरै नामहरूआफन्तझैँ आउँछन् र जान्छन्यी माझका भ्रमहरू म उही एक्लो छुजो हुनुथियोम कहिले पो अरुको भएँ ?'म' आफ्नैलागि होजो 'म'छुफेरि-फेरि हुनेछुजानेहरू गइसकेर पनिम उही रहिरहनेछु ।

"किन यो मन रोइरहेको छ"-

भुलेकै छु अतित लाई किन याद अरहेछछुटेकै छ हाम्रो सम्बन्ध किन माया लागिरहन्छरितिएकै छ आशुकिन छल्कि पोखिन खोजिरहेछरोकिएकै छ बर्षा किन परेलि भिझिरहेछ एक्लै छु एकान्तमाकिन कोहि अइ सताईरहेछ हाँसेकै छन दुनियाँकिन यो मन रोइरहेको छ !

निराश जिन्दगि?-

जती हिडुं लक्ष्य खोज्दै लक्ष्य भेटिएन मरुभुमीको यात्रामेरो कहिल्यै सकिएन तिर्खाएर छटपटिन्छु पानी भेटिएन दुई आँखाको आँशुले मेरो तिर्खा मेटिएनजता हेर्यो पराई मात्रै आफ्नो भेटिएन बाँधिराखु भन्छु दुखसबै छातीभित्र अटिएन पोखी हिंडछु जताततै कहिल्यै रित्तिएन जिन्दगीलाई परित्याग गरौं त स्वाश चल्न कहिल्यै रोकिएन ।बि जे बान्तवा राई - - भोजपुर