Saturday, July 5, 2008

डिजिटल प्रेम

"Miwaj Malin"
म निरुद्देश्य घुम्दै थिएँइन्टरनेटमाअचानक तिमीसँग भेट भयोयसरी फक्रियो रातो गुलाफ !त्यसपछि हामी घण्टौँ हराउन थाल्यौँभावनाका प्यारामोति चुम्न इन्टरनेटमा
कति निडर हामीहाम्रो सोचाइको क्षितिजकति विराटसमाजले युगौँदेखिठड्याइराखेका सबै पर्खालभत्कायौँ हामीलेतर्कका बाँडहरूलेअनि, सिर्जियौँहाम्रो निजी सगरमाथाप्रेमको !
जीवनमा हरियाली छायोघण्टौँ साटासाट गरेकाप्रेम-पुष्पहरूभ्यवाइस च्याटमा झङ्क्रिततिम्रो स्वरको जादुआहा, जीवन साँच्चै हरियाली छायो !
भौतिक भेटघाटमहत्वपूर्ण थिएनहाम्रो आत्मा एक थियोसिङ्गै जीवन शेष थियो
तिमी कहाँ बस्छ्यौके गर्छ्यौके मतलबमेरो घरमेरो परिवारमेरो संसारतिम्रालागि पनिमहत्वहीन विषय
एक सुन्दर भविष्यको कल्पना गर्दैहरेक दिन हामी गफिन्थ्यौँ अनि, चुम्ने गर्थ्यौँभावनाका सुन्दर मोति इन्टरनेटमा !
इन्टरनेट बाहिर पनि एउटा संसार थियोहामी बाहेक पनिमान्छे थिएतर तिनीहरू बीच हाम्रो जस्तो प्रेम थिएनएक-अर्काकालागिजीवन शिरोपरगर्न सक्नेउत्प्रेरणा थिएनन त थियोसमर्पण र वलिदानकाप्यारा मोति चुम्ने क्षमता नै !
आगो बल्योत्यो आगोमाजल्यो इन्टरनेटम छटपटाएँतिमी पनि तड्पियौ
आगो निभेपछिजव कम्युटरको छातीमाइन्टरनेटको धुकधुकीपुन: चलमलाउन थाल्योहामीले विगतमा गरेकोभौतिकरूपमा नभेट्ने गल्तिनदोहोर्याउने भयौँ
नयाँ सडककोपुरानो गेटमाहामीले भेट गर्यौँमैले प्रेमपूर्वक हात बढाएँतिमी अलि लजायौहामी अघि बढ्यौँगफिँदैभावनाको सुन्दर मोतिचुम्ने आशमा !
अचम्मतिमी त इन्टरनेटमा भेटिएकी'तिमी' भन्दा फरक रहिछ्यौसायद मलाई पनिइन्टरनेटको 'म' भन्दाबेग्लै पायौ होला
अनि, हामीलेपछिल्लो पटक गरेकोभौतिक भेटको निर्णयलाईबदर गर्यौँर, पुन: चुम्न थाल्यौँभावनाका सुन्दर मोतिइन्टरनेटमा ।

No comments: