Saturday, July 5, 2008

सत्यलाई पनि साक्षी चाहिएको छ

चंकी श्रेष्ठ
अब सत्यलाई सत्य सावित हुन साक्षी चाहिएको छघामलाई घाम हुनजूनलाई जून हुनआकाशलाई आकाश हुन साक्षी चाहिएको छ।यद्यपि दूर क्षितिजबाट ओर्लिएको घामको उज्यालोसँगैजिन्दगीको शाश्वत सत्यको खोजीमा हिँडिरहेका छन् मानिसहरूतर, सत्य र उज्यालोकै अस्तित्वमा प्रश्न पनि उठाइरहेका छन्अब कविताले मात्रकविलाई कवि सावित गर्न सक्दैनअब कविलाई कवि हुनगायकलाई गायक हुनर, मान्छेलाई मान्छे हुन पनि साक्षी नै चाहिएको छ।यद्यपि साक्षीले धेरैपल्ट फेरिदिएको छ सत्यको परिभाषासाक्षीले धेरैपल्ट फेरिदिएको छ सत्यको रङ साक्षीकै कारण धेरैपल्ट बन्दी भएको छ सत्यअब सत्य नै साक्षीको खल्तीको रूमाल भएको छ।

No comments: