Saturday, July 5, 2008

मैनबत्तीको शिखा

शुभ्र, शान्त र स्निग्धशिखा मैनबत्तीको मानौं,प्रथम रजस्वलापछिस्नान गरेरशारदीय घाममाआफ्नो कौमार्य छरेरथकित–थकित झैंचकित–चकित झैंएक्लै–एक्लै मुस्काइरहेकोअनुहार हो यो कुनैसुन्दरी नवयुवतीको
शुभ्र, शान्त, स्निग्धशिखा मैनबत्तीकोआँखाभरि वेदनाको पानीतर, हर्षले हाँसिरहेछ आँखाको नानीमानौं, अप्रेशनपछिहोशमा आएरघोर पीडामा पनिशिर अलिक उठाएरनवजात शिशुलाई नियालिरहेकोसन्तुष्ट आँखा हो योकुनै पुत्रवतीकोशुभ्र, शान्त र स्निग्धशिखा मैनबत्तीको एकातिर धप्प–धप्पबलिरहेछ अनुहारअर्कातिर तप्प–तप्पढलिरहेछ अश्रुधार।मानौं यो कुनै विधवाकोत्यो क्षणको अनुहार होजब कि उसलाई आएछ यादएकसाथसुहागरात र स्वर्गीय पतिको
शुभ्र, शान्त र स्निग्धशिखा मैनबतीको ।
"Name : Bhupi Serchan"

No comments: