Monday, November 3, 2008

कहिलेसम्म ? ? ?

म पूजा गर्दै थिएँ,
भलादमी मान्छे पप्पिसँगै मन्दिर पस्यो
निर्माणकर्ता/शिल्पकार ढोका बाहिरै घचेटियो
यो अपमान कहिलेसम्म ? ? ?

म खेत खन्दै थिएँ
तथानाम गर्दै ठालुले बाली उठायो
किसान दाइ जुवामा नारिइरहेका थिए
यो थिचाइ कहिलेसम्म ? ? ?

म पाइला चाल्दै थिएँ,
सम्य पुरुष पजेरोमा हुइँहुइँ बतासियो
“कु” को निशानी, प्लाष्ट्रिक बटुल्दै थियो
यो अन्याय कहिलेसम्म ? ? ?

म शहर घुम्दै थिएँ,
धुर्त केटो मिठा भाषण बाँड्दै थियो,
गाउँले साथि पार्सपोर्ट/भिसा मिलाउँदै थिए
यो असमानता कहिलेसम्म ? ? ?


म काली मन्दिर गएको थिएँ
भक्तहरुले न्यायको माला जप्दै बली चढाए
घरकी देवी दमनले उग्राउँदै थिइ
यो देखावटी कहिलेसम्म ? ? ?

म आवेदन दिदैं थिएँ,
भुडे नेताले विकासे प्रतिवेदन सुनाएर
पर्र ताली बज्दा, जनता भोकै मर्दै थिए
यस्तो झुट कहिलेसम्म ? ? ?

यो ………….कहिलेसम्म ? ? ?
-विद्या सापकोटा ‘निर्जला‘
http://www.nepalplus.com/?p=962#more-962

कहिलेसम्म ? ? ?

म पूजा गर्दै थिएँ,
भलादमी मान्छे पप्पिसँगै मन्दिर पस्यो
निर्माणकर्ता/शिल्पकार ढोका बाहिरै घचेटियो
यो अपमान कहिलेसम्म ? ? ?

म खेत खन्दै थिएँ
तथानाम गर्दै ठालुले बाली उठायो
किसान दाइ जुवामा नारिइरहेका थिए
यो थिचाइ कहिलेसम्म ? ? ?

म पाइला चाल्दै थिएँ,
सम्य पुरुष पजेरोमा हुइँहुइँ बतासियो
“कु” को निशानी, प्लाष्ट्रिक बटुल्दै थियो
यो अन्याय कहिलेसम्म ? ? ?

म शहर घुम्दै थिएँ,
धुर्त केटो मिठा भाषण बाँड्दै थियो,
गाउँले साथि पार्सपोर्ट/भिसा मिलाउँदै थिए
यो असमानता कहिलेसम्म ? ? ?


म काली मन्दिर गएको थिएँ
भक्तहरुले न्यायको माला जप्दै बली चढाए
घरकी देवी दमनले उग्राउँदै थिइ
यो देखावटी कहिलेसम्म ? ? ?

म आवेदन दिदैं थिएँ,
भुडे नेताले विकासे प्रतिवेदन सुनाएर
पर्र ताली बज्दा, जनता भोकै मर्दै थिए
यस्तो झुट कहिलेसम्म ? ? ?

यो ………….कहिलेसम्म ? ? ?
-विद्या सापकोटा ‘निर्जला‘
http://www.nepalplus.com/?p=962#more-962

कती कती !!!

निन्द्रा बिना घर्‍अकिएका रात हरु कती कती
बिना झुल्किएका, प्रभात हरु झनै कती
सागर बाट, बगेका यि भेल कती
मात्र स्विकारेको, जिबनको खेल कती
बाहनामा, मरेको छु धेरै जती
र चिच्याहटमा बिते दिन कती कती....
.......................बिते दिन कती कती !!!

भूत, वर्तमान र भविष्य


मैले सोधेँ भूतलाई, "तिमी को हौ?"

उसले भन्यो, "म त तिम्रो वर्तमान थिएँ॥”
मैले सोधेँ वर्तमानलाई, "तिमी को हौ?"

उसले भन्यो, "ला! म त तिम्रो भूत भएछु॥”
मैले सोधेँ भविष्यलाई, "तिमी को हौ?"

उसले भन्यो, "पख! म तिम्रो वर्तमान हुँ॥”


Ram Mani Adhikari 98416665711 NUwakot Budhasing 8


कुनै दिन तिमि सङ भेट हुंदा खेरि !!
तिमि संङ कुनै दिन भेट हुँदा
खेरिसुनाउला मनका कुरा सबै धोको
फेरिनियतिले दिएको धोका अनि
छलहरुआफ्नै छाति कुल्चिएर् हिडेका ति
पलहरुनउदाई अस्तएका मनका जुन
ताराहरुअन्धँरो यो जिन्दगिको धेरै धेरै
तिमिलाई सबै धोको फेरि........
कुनै दिन तिमि सङ भेट हुंदा खेरि !!

कस्तो हुँदो रहेछ मान्छे

भावनामा हराउनेयथाथे सँग डराउनेकती
फितलो हुदो रहेछ मान्छेआफु जुदने,
अरु हारदाआफ्नु जित बुझनेकती किचडो हुदो
रहेछ मान्छेमिर्गत्रिस्णा मा दाउडिनेअत्रिप्त चहानामा
पौडिनेभोगी बिलसी हुदो रहेछ मान्छे