Monday, November 3, 2008

कहिलेसम्म ? ? ?

म पूजा गर्दै थिएँ,
भलादमी मान्छे पप्पिसँगै मन्दिर पस्यो
निर्माणकर्ता/शिल्पकार ढोका बाहिरै घचेटियो
यो अपमान कहिलेसम्म ? ? ?

म खेत खन्दै थिएँ
तथानाम गर्दै ठालुले बाली उठायो
किसान दाइ जुवामा नारिइरहेका थिए
यो थिचाइ कहिलेसम्म ? ? ?

म पाइला चाल्दै थिएँ,
सम्य पुरुष पजेरोमा हुइँहुइँ बतासियो
“कु” को निशानी, प्लाष्ट्रिक बटुल्दै थियो
यो अन्याय कहिलेसम्म ? ? ?

म शहर घुम्दै थिएँ,
धुर्त केटो मिठा भाषण बाँड्दै थियो,
गाउँले साथि पार्सपोर्ट/भिसा मिलाउँदै थिए
यो असमानता कहिलेसम्म ? ? ?


म काली मन्दिर गएको थिएँ
भक्तहरुले न्यायको माला जप्दै बली चढाए
घरकी देवी दमनले उग्राउँदै थिइ
यो देखावटी कहिलेसम्म ? ? ?

म आवेदन दिदैं थिएँ,
भुडे नेताले विकासे प्रतिवेदन सुनाएर
पर्र ताली बज्दा, जनता भोकै मर्दै थिए
यस्तो झुट कहिलेसम्म ? ? ?

यो ………….कहिलेसम्म ? ? ?
-विद्या सापकोटा ‘निर्जला‘
http://www.nepalplus.com/?p=962#more-962

No comments: