Wednesday, February 20, 2008

यात्रा

रमेश कर्की

माथी आकाशमा हवाईजहाज
घननन जमीन थर्काउँछ
तल डाँडोमा भरिया दाई
चिटचिट पसिना चुहाउँछ

हत्केलाले घाम छेल्दै
भरिया दाई सुस्ताउँछ
आम्मै कस्तरी कुदेको
भन्दै माथी चियाउँछ

गाउँका साना भाराभुरे
चिलगढी भन्दै कराउँछन्
चकमक झिकी भरिया दाई
ठूटो बिडी सल्काउँछन्

हवाईजहाजको यात्रा हो
देशबिदेश डुल्नु छ
भरिया दाईको यात्राले
नून तेल खेप्नु छ

यि दुईको यात्रा बिच
आकाश पाताल फरक छ
आखिर दुबैको यात्रा हो
कहिन कहि पुग्नु छ ।।

No comments: