Wednesday, February 20, 2008
सपनाको महल - सबिना सिन्धु
प्रेमी शहरको न्यानो आलिङ्गनमानिथु्रक्क भिजाएर आफुलाईयौवनका मुस्कुराहट साटिरहेकी छ्यौ ।खेती गरिरहेकी छ्यौ आफ्ना कथाहरुको ।मेरी लोरिमा !आगो बाँचेर पानी निल्नेसमयका निर्लिप्त ओठहरुसँगैछातीमा क्षितिज अटाएरअघ्रिरहेकी छ्यौ स्वर्णर्ीम धड्कनहरुमा ।महल ठड्याएर बेचिरहेकी छ्यौमध्यदिनका सपनाहरुलाईटेबुलभरी पसारिएका अनियन्त्रितआँखाहरु बीचसागर छिचोलेर परेलाहरुबाटबालुवाका शहरहरु ओसारिरहेकी छयौ ।हराइरहेकी छ्यौ वर्षतका भेलहरुमानबुझिने इतिहास कोरिरहेकी छ्यौअँध्येरी रातमा ।सपनाहरु कमजोर हुन्छन् लोरिमा !भावनाका फूलहरु, फूल होइनन्सपनाका बघैंचाहरु , महल होइनन् ।स्वच्छन्द उभिनु स्वतन्त्रता होइन ।उभ्याइएका स्तम्भहरु , ताजमहल होइनन् ।फिँजाएर तन्नेरी छालहरुकेबल गुन्गुनाइरहेकी छ्यौप्रेमका सुमधुर गीतकतै नबज्रियोस् पहाड तिमी माथिनभाँच्चियोस् तिमीले चढ्न चाहेको सिँढीनभत्कियोस् त्रि्रो सपनाको ताजमहलर चोट नलागोस्,लम्कन चाहाने गोडाहरुमा ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment