मैले नसोचेका दिनहरू अनि नभोगेका व्याथाहरू आइरहेछन् विपत्ति बनेर अग्निपरीक्षा भएर मेरा दिनहरूखण्डग्रासबाट, खग्रास बन्दै आइरहेछन् रात अनिदो छ अनि दिन अन्धकारमानौं जीवन नै एक यातनाकक्ष बनिरहेछसारथी चेपाइको बोझ बोकेको बग्गीमा चढी लगाम खैंचिरहेको छ,दुःखको अनन्त यात्रामा चम्किरहेको छ, विसौनी आगमनको प्रतिक्षामा नुनिला पसिनाका थोपाहरू प्यास मेटाउन पानी भइदिएको छअसरल्ल छन् चाहनाहरू बटुलिरहेछु मनका झोलीहरूमायातनाको कालमा पेलिएको निबुवा झैं यो जिन्दगी अविरल बगिरहेछ छटपटि र अशान्तिले भरिएका गाउँ बस्तीका बोलीहरूमा ।
Tuesday, February 19, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment