Tuesday, February 19, 2008

गजल



म बैह्रो र लाटो बनी चूप लागेँम ढुङ्गा र माटो बनी चूप लागेँ
भयो घाउ सन्चो भनेरै नबोलीम टाटो र खाटो बनी चूप लागेँ
कतै भोकले ज्यान लेला नि भन्दैम पीठो र आटो बनी चूप लागेँ
म थाकेर यात्रा नबढ्ने हुनालेसधैँ ब्यस्त बाटो बनी चूप लागेँ
भए लाजले ती त कालो र नीलोम रातो न रातो बनी चूप लागेँ
सबै यामले नै सिकाएर आजम चीसो र तातो बनी चूप लागेँ ।

गजल



निष्ठुरी रातको फर्किने त्राश छ
वेदनाको झरी दर्किने त्राश छ

प्यास उन्मुक्तिको मेट्न प्याला लियौँ
जे पियौँ पेय त्यै सर्किने त्राश छ

फेरियो हात बानी त उस्तै अझै
स्वप्न हाम्रा सबै चर्किने त्राश छ

छैन पूरै निभेको यहाँ अग्नि त्यो
तेल कोही लुकी छर्किने त्राश छ

चेतनाको दियो बाल्न थालौँ छिटो
नत्र हाम्रा गला मर्किने त्राश छ ।




सारङ्गी र मादलसँगै टुङ्गना-ढोलक बजाउँछुमारुनी र देउडाको तालमा आऊ नचाउँछु
जाडो भए दौरा माथि बख्खु पनि भिर्छु म त !गर्मीमा चैँ कुर्ता अनि पाइजामा लगाउँछु
जात्रा-मेला-पर्वहरू आपसी प्रेम बढाउँछन्छठ-लोसार-इद-क्रिसमस-दशैँ-तिहार मनाउँछु
मानवता हो ठूलो धर्म भन्ने तथ्य बुझाउँनत्रिपिटक-गीता-बाइबल-कुरान पनि पढाउँछु
मेची देखि कालीसम्म फैलिएको मुटु मेरोहिमाल-पहाड‍-तराईलाई ढुकढुकीमा बसाउँछु

No comments: