Wednesday, February 20, 2008

यादको चौतारी

Aneeta
मेरो उपस्थितिले बोझिलो बनेको तिम्रो समय, तिम्रा अमूल्य ती क्षणहरूसँग क्षमा माग्दै छु मेरो आवाजले टुटेको तिम्रो एकाग्रता जोड्न कुनै धागो छैन मसँग तिम्रो मस्तिष्कमा छाएको हलचल साम्य पार्न कुनै कालीको रुप छैन मभित्र मेरो छायाले कालो बनेको तिम्रो आँगन चोख्याउन गोमय र गहुँत छैन मेरो छेउ रित्तो भण्डारमा ब्रम्हाण्ड पाउनेमेरो सपना साकार पार्न तिम्रो सामीप्य र न्यानो अँगालो खोजिरहेका मेरा यो चाहनालाई पूर्णता दिन तिम्रो अनुपस्थितिमा यो शून्यतासँग सापट मागेको समयमा हावाभरि तिमीलाई पाइरहेछु ।

No comments: