Tuesday, February 19, 2008

माटोको मुटु खोतलेर हेर


माटोको मुटु खोतलेर हेर, ढुक्ढुकीको विश्वास हुँ मजति कुल्चे' नि उम्रिरहन्छु, यै माटोको घाँस हुँ मपवनको प्वाँख उक्लेर डुल्ने, बादल त बस्छ पल दर्ुइ पल,आ"नै भरमा फैलिनुपर्ने, मुक्त र नित्य आकाश हुँ मआमाको आँसु देखेर रोएँ, यो नै थियो अपराध साथी,सहिदहरूको रगतभित्र सुक्दै नसुक्ने आश हुँ मत्रि्रो बगैंचामा पाइएन ठाउँ, सिँगार्न खोज्दा उखेली फाल्यौं,भिर र पाखामा फुलिरहन्छु, नेपालको लालीगुराँस हुँ मढुङ्गा थियौ तर द्यौता ठानेँ, ठानेर मर्ुख खित्का छोड्यौँ,पूजाको थाल हातमा लिई, मन्दिर अगाडि उदास हुँ म ।

No comments: