Tuesday, February 19, 2008

एक्कासी !


औषधीले झैं चह-यायो खाक घस्दा एक्कासी !जोगीको आभास भयो जिन्दगी फस्दा एक्कासी !उडी केल्लाई छोवोस् आकाशिदो उद्देश्यले ?उचाईमा टांगिएको चन्द्रमा खस्दा एक्कासी !मन्द बिख दिनदिनै पिई मात्नेलाई पनि,असर नसामै प-यो, सर्पले डस्दा एक्कासी !गधाको भारी पनि आफ्नै पिठ्यूमा लादे जस्तो,उठ्नै गारो भयो, थकाई मार्न बस्दा एक्कासी !भाग्दा भाग्दै भ-याङ्ग भेट्न भ्याउदै भ्याईएन,झ्याल र ढोकाबाट नै अध्यारो पस्दा एक्कासी !


No comments: